Quantcast
Channel: मधुमेह – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 17

थिमिमा मधुमेहसम्बन्धी एकहप्ते स्वास्थ्य शिविर सञ्चालन

$
0
0

मध्यपुर थिमिमा मधुमेहसम्बन्धी एकहप्ते स्वास्थ्य शिविर सञ्चालन भएकाे छ। मधुमेहसम्बन्धी जनचेतना जगाउने उद्देश्यले एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएकाे कार्यक्रमका संयोजक एवं अस्पतालका डाक्टर तथा रोटरी क्लवका सदस्य डा. दिलिप प्रजापतिले जानकारी दिए।

आजदेखि मध्यपुर थिमिमा विभिन्न स्थानहरुमा निःशुल्क शिविर सञ्चालन भएकाे छ। मध्यपुर थिमि नगरपालिका, धुलिखेल अस्पताल, लायन्स क्लव तथा रोटरी क्लव अफ मध्यपुर थिमिको संयुक्त रुपमा सञ्चालित एक हप्ते शिविरको आजबाट बोडे स्थास्थ्य चौकी बोडेमा सुरु भएको जनाएको छ।

डा. प्रजापतिले बोडे स्वास्थ्य चौकीमा मधुमेहसम्बन्धी स्थानीयलाई जानकारी दिनुका साथै रगत परीक्षण गरेर अभियान सुरु गरिएकाे जानकारी दिए। उनका अनुसार आजकाे शिविरमा ५१ जनाले निःशुल्क रगत परीक्षण गराए।

यसैगरी क्लवका अध्यक्ष बिनोदबाबु बज्राचार्यले शुक्रबार बालकुमारी स्वास्थ्य चौकीमा, आइतबार थिमि स्वास्थ्य चौकीमा, सामबार नगदेश स्वास्थ्य चौकी र मंगलबार लौहकन्थली स्वास्थ्य चौकी शिविर सञ्चालन हुने छ। क्लवले यही मंसिर ३, ५ र ६ मा तीनदिने निःशुल्क दन्त शिविर समेत सञ्चालन गर्ने जनाएकाे छ।

 


Viewing all articles
Browse latest Browse all 17

Latest Images

Trending Articles



Latest Images